नियम ५७
वैतनिक कानून व्यवसायीको छनौट
: सम्बन्धी व्यवस्था: (१) कानूनमा स्नातक गरी अधिवक्ताको प्रमाणपत्र लिएको र कानून व्यवसायीको रुपमा कम्तीमा पाँच वर्ष काम गरेको व्यक्तिलाई अदालतले वैतनिक कानून व्यवसायीको रुपमा नियुक्त गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिम वैतनिक कानून व्यवसायी नियुक्ति गर्न उपयुक्त उम्मेदवार छनौटको लागि अदालतले कम्तीमा पन्ध्र दिनको सूचना प्रकाशन गरी दरखास्त आव्हान गर्नु पर्नेछ।
(३) उपनियम. (२) बमोजिम प्रकाशन भएको सूचना अनुसार परेको दर्खास्तको छानबिन गरी उपयुक्त उम्मेदवार छनौटको लागि सिफारिस गर्न देहाय बमोजिमको छनौट समिति रहनेछ:-
(क) : अध्यक्षले तोकेको सदस्य -अध्यक्ष (ख) रजिष्ट्रार -सदस्य (ग) अध्यक्षले तोकेको अधिकृत कर्मचारी -सदस्य-सचिव
(४) यस नियम बमोजिम दरखास्त दिने उम्मेदवारको छनौट सम्बन्धी कार्यविधि उपनियम (३) बमोजिमको समितिले निर्धारण गरे बमोजिम हुनेछ।